सेती प्रादेशिक अस्पतालबाट दार्चुलाका ५७ वर्षीय महरा सम्पर्कविहीन

दार्चुला। उपचारका लागि दार्चुलाबाट धनगढीस्थित सेती प्रादेशिक अस्पताल आएका ५७ वर्षीय अर्जुन सिंह महरा बिहीबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।

दार्चुलाको महाकाली नगरपालिका–३ बाँज घर भएका महरा केही समयअघि लडेर टाउकोमा चोट लागेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल आएका थिए। उनको टाउकोमा दुई ठाउँमा गहिरो घाउ भएकाले टाँका लगाइएको थियो। उनी पिसाबको थैली (युरिन ब्याग) समेत बोकेर हिँडिरहेका थिए।

अस्पतालमा उपचारका लागि लाइनमा बस्ने क्रममा परिवारबाट छुट्टिएका महरा बिहीबार बिहान करिब १०ः५६ बजे अस्पतालको गेटबाहिर निस्किएको जानकारी प्राप्त भएको छ। त्यसपछि उनको अवस्था र ठेगाना हालसम्म पत्ता लाग्न सकेको छैन।

महरा सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई जानकारी गराएका छन्। प्रहरीले उनको हुलिया तथा फोटो विभिन्न ठाउँमा पठाएर खोजी कार्य अघि बढाएको जनाएको छ।

महरालाई धनगढी तथा आसपासका क्षेत्रमा देख्नुहुने वा उहाँबारे कुनै जानकारी प्राप्त गर्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल खबर गरिदिन अनुरोध गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.