दार्चुला । शैल्यशिखर नगरपालिका–८ देवलमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार देवलका पुष्पराज जोशीकी ३ वर्षीया छोरी प्रिन्सा जोशीको करेन्ट लागेर मृत्यु भएको हो।
शुक्रबार घरको कोठामा रहेको विद्युत् प्लगको प्वालमा औँला हाल्दा प्रिन्सालाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
