रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

काठमाडौं । रसुवा भोटेकोसी बाढीमा परी हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीका अनुसार, भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या एक हजार ३४४ पुगेको छ ।

५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ आंशिक अंग फेला परेको प्रहरीले बताएको छ ।

हालसम्म एक हजार ३० शव व्यवस्थापन गरिएको छ । एक हजार २६० मृतकको डीएनए संकलन गरिएको छ । ९७२ मृतकका आफन्तको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ ।

चार हजार ८९८ जना बेपत्ता रहेका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.