मनकारी विद्यार्थी : मालिकार्जुन मावि धापका विद्यार्थीले जुटाए बाढीपीडितका लागि १० हजार १११ रुपैयाँ

दार्चुला । महाकाली नगरपालिका–७ धापस्थित मालिकार्जुन माध्यमिक विद्यालयका विद्यार्थीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि १० हजार १११ रुपैयाँ राहत रकम संकलन गरेका छन्।

विद्यालयमा सक्रिय बाल क्लबको पहलमा सम्पूर्ण विद्यार्थीबाट उक्त रकम संकलन गरिएको हो। विद्यार्थीहरूले डोकोमा रकम संकलन गरेका थिए। संकलित रकम विद्यालयका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकीलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विद्यार्थीहरूले मृतकप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।

रकम हस्तान्तरण कार्यक्रममा प्रधानाध्यापक बुढाथोकीले विपद्को समयमा सहयोगका लागि अघि सरेका सम्पूर्ण विद्यार्थीलाई धन्यवाद व्यक्त गरे।

विद्यालयका अनुसार विद्यार्थीबाट संकलित १० हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.