दार्चुला । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नेपाली कांग्रेस दार्चुलाले १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आइतबार र सोमबार बसेको बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
जिल्ला कार्यसमिति सभापति ललितसिंह बोहराका अनुसार उक्त रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयको राहत कोषमा जम्मा गरिनेछ ।
यस्तै, बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार र प्रभावितलाई राहत वितरण कार्यलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस दार्चुलाले सरकारसँग आग्रह गरेको छ ।
