सभापति बोहराको संयोजकत्वमा २५५ सदस्यीय महाधिवेशन तयारी मूल समिति गठन

दार्चुला । नेपाली कांग्रेस दार्चुलाले जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला सभापति ललितसिंह बोहराको संयोजकत्वमा २५५ सदस्यीय महाधिवेशन तयारी मूल समिति गठन गरेको छ।

भदौ २१ र २२ गते पार्टी कार्यालय बीपी स्मृति भवनमा बसेको जिल्ला कार्यसमितिको बैठकले सभापति बोहराको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति गठन गर्ने निर्णय गरेको हो।

नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य दिलेन्द्रप्रसाद बडूको विशेष उपस्थितिमा समिति गठन गरिएको जिल्ला कार्यसमिति सचिव पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्न सभापति बोहराको संयोजकत्वमा २५५ सदस्यीय मूल समिति गठन गरिएको हो।

बैठकले अधिवेशन सम्पन्न गर्न अन्य विभिन्न समितिसमेत गठन गरेको छ। प्रदेशसभा ‘ख’ मा सभापति केशवबहादुर सिंह र प्रदेशसभा ‘क’ मा सभापति मन्दिरसिंह धामीको संयोजकत्वमा प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न गर्न तयारी समिति गठन गरिएको छ।

त्यस्तै, पालिका तथा वडा अधिवेशनको संयोजन गर्न सम्बन्धित पालिका सभापतिहरूको संयोजकत्वमा पालिकास्तरीय संयोजन समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.