एमाले परित्याग गरी कांग्रेसमा आएका बम जिल्ला कार्यसमिति सदस्यमा मनोनयन

दार्चुला । नेकपा (एमाले) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका जंगबहादुर बमलाई नेपाली कांग्रेस दार्चुलाले जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरेको छ ।
नेपाली कांग्रेस दार्चुलाको आइतबार र सोमबार (भदौ २१ र २२ गते) बीपी स्मृति भवनमा बसेको बैठकले बमलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

दार्चुलाको दुहुँ गाउँपालिका–१ का बमलाई नेपाली कांग्रेसको विधान बमोजिम जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गर्ने निर्णय भएको नेपाली कांग्रेस दार्चुलाका जिल्ला सभापति ललितसिंह बोहराले जानकारी दिए ।

यसअघि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य रहेका बमलाई आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले पार्टीमा स्वागत गरेका थिए ।
बम गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट दुहुँ गाउँपालिका–१ को वडाध्यक्ष पदमा उम्मेदवार बनेका थिए । उनी उक्त निर्वाचनमा पराजित भएका थिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.