प्रेस युनियन दार्चुलाको सातौँ जिल्ला अधिवेशन उद्घाटन

दार्चुला । नेपाल प्रेस युनियन जिल्ला शाखा दार्चुलाको सातौँ जिल्ला अधिवेशन उद्घाटन गरिएको छ।

नेपाल प्रेस युनियन जिल्ला शाखा दार्चुलाका अध्यक्ष कमलराज जोशीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको हो।

अधिवेशनमा नेपाल प्रेस युनियनका पदाधिकारी, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, जिल्लास्थित पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।

अधिवेशनले प्रेस युनियन दार्चुलाको नयाँ नेतृत्व चयन गर्नुका साथै पत्रकारिता क्षेत्रको व्यावसायिक विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र जिल्लाको पत्रकारितालाई थप व्यवस्थित बनाउने विषयमा छलफल गर्ने जनाइएको छ।

अधिवेशनको उद्घाटन सत्रमा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरणमा प्रेस तथा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पत्रकारहरूको हकहित र व्यावसायिक सुरक्षाका लागि प्रेस युनियनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.