दार्चुला। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशनको तयारी थालेको छ। त्यसका लागि देउवा समूहले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलले विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएको जानकारी दिएका छन्।
जसअनुसार दार्चुलामा देउवा समूहको तर्फबाट सन्तोष ऐतवाललाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ।
महाधिवेशन तयारी समितिका संयोजक कुइँकेलका अनुसार ऐतवालले दार्चुलामा देउवा समूहको छुट्टै महाधिवेशन तयारीका लागि आवश्यक समन्वय तथा संगठनात्मक गतिविधि अघि बढाउनेछन्।

