दार्चुलामा प्रतिकिलो ११० रुपैयाँमा चिनी बिक्री गरिने

दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई सहुलियत मूल्यमा चिनी बिक्री वितरण गर्ने भएको छ।

शाखा कार्यालयले जारी गरेको सूचनाअनुसार २०८३ साल असोज १ गतेदेखि प्रतिकिलो ११० रुपैयाँका दरले चिनी बिक्री वितरण गरिनेछ।

कार्यालयका अनुसार एक व्यक्ति वा परिवारलाई अधिकतम ५ किलो चिनी मात्र बिक्री गरिनेछ। चिनी खरिद गर्दा उपभोक्ताले आफ्नो व्यक्तिगत विवरण खुल्ने सक्कल वा प्रतिलिपि कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

त्यस्तै, व्यावसायिक प्रयोजनका लागि चिनी खरिद गरी बजारमा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ।

अति आवश्यक तथा महत्वपूर्ण प्रयोजनका लागि थप चिनी आवश्यक पर्ने भए खरिद गर्नुअघि कार्यालयमा व्यक्ति वा पाटीले आफूलाई आवश्यक पर्ने कारण खुलाएर अनिवार्य रूपमा निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

यसअघि पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लामा सहुलियत मूल्यमा खाद्य सामग्री बिक्री गर्दै आएको छ। कम्पनीको आधिकारिक मूल्यसूचीमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ कायम रहेको देखिन्छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.