अपर त्रिशूली–१ मा देखिए ५ शव, जाली काटेर निकालिँदै

काडमाडौ । रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा बिहीबार ५ जनाको शव देखिएको छ ।

हाइड्रोपावरको जालीभित्र शव देखिएको उद्धारकर्मीहरूले बताएका छन् । सशस्त्र प्रहरीका एक जना उच्च अधिकृतका अनुसार त्यहाँ ५ जनाको शव देखिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले खोज तथा उद्धारको दौरानमा माथिल्लो त्रिशूली–१ मा फेला परेको मानव अङ्ग तथा शव निकाल्ने कार्य भइरहेको जानकारी दिएको छ । आयोजनाको टनेलमा जालीभित्र शव देखिएको र जाली काटेर निकाल्नुपर्ने अवस्था रहेको रसुवाका डीएसपी अशोक थापाले बताए । उनले भने, ‘हाम्रो टोली पनि त्यहाँ पुगेको छ, जाली काटेर निकाल्नुपर्ने अवस्थामा शवहरू देखिएको छ ।’

३३२ जना सम्पर्कविहीन भएको सो आयोजनाको टनेलबाट १ जनाको जीवित उद्धार गरिएको थियो । उद्धारकर्मीहरूले भदौ २० मा सुरुङको २२५ मिटर भित्रबाट चिनियाँ नागरिक लुआइतोलाई सकुशल उद्धार गरेका थिए ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.