दार्चुला । मालिकर्जुन गाउँपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ। गाउँपालिकाले असोज ३ गते प्रभातफेरीसहित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै दिवस मनाउन लागेको हो।
बिहान ७ बजे प्रभातफेरी र त्यसपछि १० बजे गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम हुने जनाइएको छ।
कार्यक्रममा गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, संघ–संस्था, स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा आम नागरिकलाई उपस्थितिका लागि गाउँपालिकाले हार्दिक निमन्त्रणा गरेको छ। गाउँपालिकाले राष्ट्रिय पर्वलाई भव्य र उल्लासमय बनाउन सबैको गरिमामय सहभागिताले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

