बैतडीमा तीन दिनसम्म विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने

बैतडी । बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर तीन दिनसम्म संविधान दिवस मनाइने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय बैतडीका बसेको बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमका साथ दिवस मनाउने निर्णय गरेको हो ।

संविधान दिवसको अवसरमा असोज २, ३ र ४ गते जिल्लाभित्र रहेका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक संस्था, गैरसरकारी कार्यालय,प्रतिष्ठान आदिमा सरसफाइ गर्ने, छत,बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मार्यादापूर्वक राखी सजाउने, साँझ दीप प्रज्वलन गर्ने र यसका लागि आवश्यक समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै असोज ३ गते प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गोठलापानी चोकमा बिहान साढे सातबजे भेला हुने र सोही चोकबाट गढीसम्म प्रभातफेरी कार्यक्रम गरी विभिन्न व्यक्तिहरुबाट शुभकामना मन्त्वयसहित कार्यक्रम समापन गर्ने निर्णय गरिएको छ ।

यस्तै संविधान दिवसकै अवसर पारेर असोज २ गते राष्ट्रसेवक कर्मचारीहरुको सहभागितामा गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा सरसफाइ गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.