कांग्रेसको १५औँ महाधिवेशन गर्न नमान्ने देउवानिकट जिल्ला सभापतिको जिम्मेवारी खोसियो

नेपाली कांग्रेसको संस्थापनपक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन प्रक्रिया अघि बढाउन नमान्ने चार जिल्लाका सभापतिको जिम्मेवारी खोसेको छ । उनीहरूको ठाउँमा अन्यलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

पार्टीको अधिवेशन प्रक्रिया अघि बढाउन नमान्नेमा पूर्वसभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरू छन् । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो ।

कांग्रेसले कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई दिइएको छ ।

त्यस्तै, मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजंग शाहीलाई, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी खोसेर तारानाथ पौडेललाई दिइएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.