दार्चुलामा घरेलु हिंसाका सबै उजुरी मिलापत्रमै टुंगिए

दार्चुला । जिल्लामा घरेलु हिंसासम्बन्धी दर्ता भएका सबै उजुरी मिलापत्रमार्फत टुंगिएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरणअनुसार जिल्लाभर घरेलु हिंसासम्बन्धी आठवटा उजुरी दर्ता भएका थिए। ती सबै उजुरी आपसी सहमतिमा मिलापत्रमार्फत फछ्र्योट गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको तथ्याङ्कअनुसार पारिवारिक असमझदारी, दाम्पत्य विवाद तथा पारिवारिक उत्पीडनका कारण पीडितहरू कानुनी उपचारका लागि प्रहरी कार्यालयसम्म पुग्ने गरेका छन्। भदौ महिनामा दर्ता भएका घरेलु हिंसासम्बन्धी आठवटै उजुरी मिलापत्रमार्फत समाधान भएकाले कुनै पनि मुद्दा अदालतसम्म नपुगेको तथ्याङ्कले देखाएको छ।

प्रहरीका अनुसार पारिवारिक सम्बन्ध जोगाउने उद्देश्यले सम्भव भएसम्म कानुनी कारबाहीअघि संवाद र मेलमिलापलाई प्राथमिकता दिइँदै आएको छ। घरेलु हिंसाका घटनामा कानुनी प्रक्रियासँगै परिवारभित्र संवाद, समझदारी र सम्बन्ध सुधारका लागि समेत पहल गर्ने गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, भदौ महिनामा ठाडो उजुरीका रूपमा १५ वटा उजुरी प्रहरी कार्यालयमा पुगेका थिए। प्रहरीका अनुसार ती सबै उजुरी पनि फछ्र्योट गरिएका छन्।

प्रहरीले हिंसा वा उत्पीडनका घटना लुकाएर बस्नुभन्दा तत्काल प्रहरी वा सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.