कार्तिक ५ गतेदेखि महेन्द्रनगरमा रामलीला महोत्सव 

कञ्चनपुर ।

कञ्चनपुरको महेन्द्रनगरमा रामलीला महोत्सव संचालन हुने भएको छ ।

निङलाशैनी जगन्नाथ रामलिला समितिले आउँदो ५ कार्तिक बिहीबारदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा रामलिला महोत्सव संचालन हुन लागेको हो ।

पर्यादा पुरुत्तोतम श्री रामको जिवनमा आधारित निङलाशैनी जगन्नाथ रामलिला समितिले यस पटक जिल्ला भित्र र बाहिर गरेर १०ंऔँ पटक महोत्सव संचालन गर्न लागेको आयोजकले जनाएको छ । निङलाशैनी जगन्नाथ रामलिला समितिका सरक्षक घनानन्द लेखकले महोत्सवको तयारी भईरहेको बताए । उनका अनुसार मञ्चदेखि कलाकार सबैतिर तयारी जारी रहेको छ । समाज सुधारदेखिका धर्म संस्कृति सस्कारका लागि रामलीला संचालन गरिने बताए । सरक्षक लेखकले यस पटक कुनै दलका नेतादेखिका अन्यहरुलाई बोलाएर भाषणबाजी नगर्ने जिकिर गर्दै बरिष्ठ समाजसेवी टिकाराम भट्ट मार्फत महोत्सव उद्घाटन गरिनेछ ।

निङलाशैनी जगन्नाथ रामलिला समितिका संयोजक निरञ्जन प्रशाद भट्टले गत विगतका बर्षहरु जस्तै यस बर्ष महेन्द्रनगर खुला मञ्चमा रामलीला संचालन गर्न लागेको बताए । उनका अनुसार समाजिक बेथिति अन्त्य सहित भाईचाराको भावनाको बृद्धि विकासका लागि महोत्सव संचालन गर्न लागिएको छ ।

उनका अनुसार महोत्सवबाट बचेको आधा रकम वाढीपीडितलाई दिईनेछ । निङलाशैनी जगन्नाथ रामलिला समितिका सह संयोजक महेश चन्दले महोत्सव सभ्य भव्यदेखि आवश्यक सुुरक्षा लागि प्रशासनदेखिका सुरक्षा निकायसंग समन्वय गरिने बताए । निङलाशैनी जगन्नाथ रामलिला समितिका सचिव पदमराज भट्टले विगतमा रामलिला महोत्सव संचालन गरेर एम्बुलेन्स संचालन गरेको र हाल झण्डै ५लाख हारहारी बचत रहेको बताए । अहिले पनि झण्डै १०लाख हाराहारी खर्च हुने अनुमान गरिएको छ । निङलाशैनी जगन्नाथ रामलिला समितिका सहसंयोजक कृष्णदेव पन्तले भारतीय बुलाकी रामदासले १सय ३ बर्ष अघि बैतडीको नक्डतीमा रामलीला मञ्चनदेखि हालसम्म हिन्दी भाषामै मञ्चन हुने बताए । स्थानीय कलाकारबाट मञ्चन हुने रामलीला सव्यभव्य बनाईने आयोजकको दावि छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.