कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष मल्ल महासंघ परिषद् सदस्यमा मनोनित

 

कञ्चनपुर 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष एव सुदूरपश्चिममा युवा सफल उद्यमी दिनेश मल्ल नेपाल उद्योग वाणिज्य महासंघको परिषद सदस्यमा मनोनित भएका छन ।

मल्ललाई नेपाल उद्योग वाणिज्य महासंघको परिषदले उद्योग वाणिज्य परिषद् सदस्यमा मनोनित गरेको हो । संघका अध्यक्ष अञ्जन श्रेष्ठले जारी गरेको पत्रमा महासंघको विद्यान ३९(३९.२) बमोजिम उपाध्यक्ष कृष्ण प्रशाद शर्माको सभापतित्वमा गठित उद्योग वाणिज्य परिषदको सदस्यमा मनोनित गरेको जनाएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.