महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)को स्वर्ण महोत्सवको तयारी युद्धस्तरमा

कञ्चनपुर । 

सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)ले आगामी पुषमा स्वर्ण महोत्सवको तयारी अघि बढाएको छ । भीमदत्त नगरपालिका १८ कटान महेन्द्रनगरमै रहेको उक्त साधारण स्कुलले १५ पुष ०८३मा स्वर्ण महोत्सवको तयारी अघि बढाएको हो ।

०३३सालमा स्थापना भएको विद्यालयले यस पटक विशेष कार्यक्रमका साथ ५०औँ बार्षिकोत्सव तथा स्वर्ण महोत्सव मनाउन लागेको जनाएको छ ।

स्वर्ण जयन्तीको लोगो सार्वजनिक सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टको संयोजकत्वमा दुईसय एक सदस्यस्यी मुल आयोजक समिति गठन गरेर तयारी अघि बढाएको हो ।

तत्तकालिन ०३३पञ्चायत कालमा अर्को विद्यालय बैजनाथकै भवनमा शुरुवात गरिएको विद्यालय गणतान्त्रिक युग ०८३ मा आईपुग्दा विद्यालयले देशमै चर्चा कमाएको छ । विद्यालयका प्रद्यानाध्यापक देशवराज भट्टले स्वर्ण जयन्तीको तयारी तिव्र रुपमा अघि बढिरहेको बताए । उनले मुल आयोजक समिति सहित विभिन्न २२ उप समिति गठन गरिएको बताए ।

प्रद्यानाध्यापक भट्टका अनुसार प्रचारप्रसार, अथिति, साँस्कृति, आर्थिक, मञ्च व्यवस्थापन, निमन्त्रणा, अतिरिक्त खेलकुद, विज्ञान प्रर्दशनी, स्मारक, फिल्ड, गेट निर्माण, विज्ञापन संकलन, अभिलेख, अक्षयकोष, सम्मान, स्वयम सेवक, सरसफाई प्राथमिक, भलिबल, स्मारिका , खाद्यमेला, खाजा व्यवस्थापन, योग र सम्मान सिफारिस समिति गठन गरेर कामकाज अघि बढाईएको छ ।

प्रद्यानाध्यापक भट्टले विद्यालय ०३३सालमा स्थापना भई ०३४सालमा कक्षा ४, ५ र ९ संचालन गरिएको बताए ।

०३६सालमा एसएलसीमा सहभागि भएको विद्यालयले ०६१२सालमा कक्षा ११को सम्बन्ध लिई शिक्षा, मानविकीय, वाणिज्य संकाय अध्यापन शुरुवात गरियो । ०६५÷०६६देखि अग्रेजी माध्यम नर्सरी एलकेजी, यूकेजी र कक्षा १को कक्षा संचालन गरिएको, ०६७देखि विज्ञान विषयमा कक्षा ११को पठनपाठन शुरुवात गरिएको थियो ।

विद्यालय परिषसमै ०४२सालदेखि स्थापना भई ४ भवन शैक्षिक तालिम केन्द्र भवन निर्माण गरिएका छन । भारतीय दुतावासबाट ३तले ३०कोठे भवन निर्माण भएसंगै पठन पाठन शुरुवात गरिएको छ ।

०७५सालदेखि सिटीभिटीबाट सम्बन्धन दिएर तीन बर्षे बाली विज्ञान अध्यापन शुरुवात गरिएको थियो ।

कुल साढे पाँच विगाह जमिन रहेको विद्यालयमा ५ भवन, क्यान्टिन, पालेघर, खेलमैदान, ५२कक्षाकोठा, प्रयोगशाला, दुई हल ६४सिसिभिटी क्यामेरा जडान गरिएको छ । ०७६सालमा क्षेत्र ३कै नमुना विद्यालय छनौट भएको विद्यालयमा सुप प्रदेश सरकारको सहयोगमा छात्राबास समेत निर्माण गरिएको छ । प्रअ भट्टले ०७८देखि २० प्रतिशत जेहेन्दार विद्यार्थीलाई छात्रबृति प्रदान छ ।

०७९सालदेखि कक्षा ११,१२मा कानून संकायको विषय पठन पाठन शुरु गरिएको छ । ०८०सालमै भारतीय दुताबासबाट विद्यालय बस पाईएकाले विद्यार्थी ओसार्नमा सहज भएको छ ।

०८१मै २४महिने औद्योगिक प्रशिक्षार्थी तालिम संचलन भई पहिलो बर्षमै प्रदेशकै उत्कृष्ट विद्यालय घोषित भएर एक लाख नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रअ भट्टले नेपाली–अग्रेजी माध्याममा पठनपाठनदेखि प्राविधिक धारतर्फ तीन बर्षे डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्ग, १८ महिने प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्ग, तीन बर्षे डिप्लोमा ईन प्लान्ट साईन्स र २४महिने औद्योगिक प्रशिक्षार्थी तालिम संचालन गरिदैछ । सिक्दै कमाउँदै, पढ्दै कमाउँदै, विद्यार्थीलाई कामको संसार चिलाउने, वृत्ति मार्गनिर्देशन र सिकर्मी तालिम संचालन पनि गरिएका थिए । हाल विद्यालयमा तीन हजार १सय २२ विद्यार्थी र एकसय ४ शिक्षक, कर्मचारी कार्यरत रहेका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको स्वर्ण जयन्ती मुल आयोजक समितिका संयोजक बिरेन्द्रराज विष्टले यस पटक गत विगतको बार्षिकोत्सव भन्दा स्वर्ण महोत्सव पृथक बनाउने बताए । उनका अनुसार स्वर्ण जयन्तीको पुर्व सन्ध्यामा थुप्रै रचनात्मक कार्यक्रम संचालन गरिनेछन । स्वर्ण जयन्तीमा विद्यार्थीले सिकेका विषयबस्तु बढि प्रर्दशनी गरिने बताए । अध्यक्ष विष्टका अनुसार विज्ञान प्रर्दशनी, खाद्य मेलादेखिका विद्यार्थीले नै निर्माण गरेका विषयबस्तु प्रर्दशनी गरिनेछन ।

बृक्षारोपण, रक्तदान, प्रदेश स्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता, स्वर्ण स्तम्भ निर्माण, विद्यालयको ईतिहास झल्किने विशेषाक कृति प्रकासन गरिनेछ ।

साथै विद्यालयलाई योगदान पु¥याउने संघ संस्था पुर्व वर्तमान शिक्षक, कर्मचारी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, व्यवसायी, बुद्धिजिवी समाजसेवी, पत्रकार सहितका समाजिक व्यक्तित्वहरुलाई सम्मान गरिनेछन ।

अध्यक्ष विष्टले स्र्ण जयन्तीको अवसरमा मुख्य गरेर ५० लाख बराबरको अक्षयकोष र ईलाईब्रेरी स्थापना गरिनेछन । जेहेन्दार गरिब विपन्न विद्यार्थीको पठनपाठनमा टेवा पु¥याउनका लागि अक्षयकोष निर्माण, अनि विद्यालयका विद्यार्थी र बाह्य सबै विद्यार्थीको अध्ययनका लागि २४ घै घण्टा लाईब्रेरी संचालन गरिनेछ ।

अध्यक्ष विष्टले ०७१सालमा विद्यालयको नेतृत्व सम्हाल्दा तीनसय ७४ विद्यार्थी रहेको र अहिले तीन हजार बढी विद्यार्थी पुगेका छन । साथै विद्यालयकै पुर्व विद्यार्थी एव भलिबलकै राष्ट्रिय प्रशिक्षक जगदिश प्रशाद भट्टको सुझाव अनुरुप विद्यालयको प्रचारप्रसारका साथै भलिबलको बृद्धि विकासका लागि विजेता एक लाख, २५ हजार, ५ सय २५, उपविजेता ७५ हजार, ५ सय २५ र सान्त्वना २५ हजार, ५सय २५रुपैया बराबरको पुरस्कार राखिएको छ । उक्त भलिबल प्रतियोगितमा प्रदेशभरीका खेलाडीको सहभागिता हुनेछन ।

शिक्षक अभिभावक संघ(पिटिए) अध्यक्ष एव स्वर्णजयन्ती महोत्सवका सहसंयोजक हरिश भट्टले शैक्षिक हबकै रुपमा विद्यालय अघि बढाउनका साथ कार्यक्रम गर्न लागिएको बताए । उनले सामुदायिक विद्यालय सुधारका लागि सबैको सहयोग अपरिहार्य रहेको औल्याए ।

विद्यालयका सहायक प्रद्यानाध्यापक सरस्वती धामी(भाट)ले महेन्द्रनगर माविले गर्दै आएको शैक्षिक सुधारका कार्यक्तम अनुरुप विद्यार्थीको आकर्षणको केन्द्र बिन्दु बनाउनु पर्ने कुरामा जाेडदिए ।

Leave A Reply

Your email address will not be published.