निङ्गलाशैनी बहुउदेश्यीय सहकारीको १७ औँ बार्षिक साधारण सभा

कञ्चनपुर ।

कञ्चनपुरको निङ्गलाशैनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटेको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भीमदत्त नगरपालिका १८ महेन्द्रनगर गोबरैयामा केन्द्रीय कार्यालय रहेको निङ्गलाशैनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटेको बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

निङ्गलाशैनी बहुउदेश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत प्रेमसिह भाटले १९ पुष ०६६ सालमा स्थापना भएको सहकारीले विभिन्न आरोह पार गर्दै २१ कार्तिक ०८३ मा १७ औँ बार्षिक साधारण सभा सम्पन्न गर्न सफल भएको बताए ।

प्रमुख कार्यकारी अधिकृत भाटका अनुसार केन्द्रीय कार्यालय महेन्द्रनगर सहित भीमदत्त नगरपालिका सुकासाल, नयाँगाउ भाँसी, खैरेनी सहितका क्षेत्रमा सेवा केन्द्र रहेका छन ।

झण्डै तेह्रसय हाराहारीमा शेयर सदस्य रहेका छन । गत आर्थिक बर्ष ०८२÷०८३मा चार करोड, १३लाख, ८१ हजार, ९सय चुक्त शेयरपुँजी मध्ये हाल बृद्धि भएर चार करोड, ६०लाख, १ हजार ९सय रुपैया रहेको छ । भने, १अर्ब ३३करोड, २६लाख, ८९ हजार, १सय ९६रुपैया बचत संकलन भएको छ । ५७करोड, ६५लाख, १९लाख, ६सय ७३रुपैया ऋण प्रवाह भएको छ । हाल एक करोड, १लाख, ४० हजार ९सय ३रुपैया नाफा भएको छ । गत आर्थिक बर्षमा सरकारलाई २४लाख, ५१ हजार, ३सय ९४रुपैया कर विभिन्न शिर्षकमा कर बुझाएको छ । सहकारीले वित्तिय साक्षरता सहितका विभिन्न समाजिक कामकाज गर्दै आएको छ । साथै सहकारीले कष्टम हायरिङ्ग सेवा समेत प्रभाव गर्दै आएको छ ।

सहकारीले आगामी बर्षमा शेयर सदस्य संख्या बृद्धि गर्दै एक हजार ८सय पु¥याउने, ५करोड शेयर पुँजी पु¥याउने, एक अर्ब ३ १करोड निक्षेप संकलन गर्ने, ३१करोड ऋण अशुली र ऋण ब्याज आम्दानीमा चार करोड, ७५ लाखको लक्ष्य अघि सारेको छ ।

सहकारीका अध्यक्ष डम्बर दत्त भट्टले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक बर्ष ०८३÷०८४का लागि १०बुँदे कार्यक्रम अघि सारिएको छ । युवा साना व्यवसायीलाई स्वरोजगार कोष स्थापना गर्ने, बिउ स्रोत उत्पादन गर्ने, मर्ज गर्ने, घरदैलोसम्मै सेवा विस्तार गर्ने, कर्जाको सदुपयोग, संस्थालाई नीति विधी र प्रविधीमैत्री बनाईनेछ ।

कार्यक्तमका प्रमुख अतिथि समेत रहेका सासद ज्ञानेन्द्र सिह महताले छोटो समयमा सहकारीले नागरिकको विश्वास जितेकै कारण अहिले प्रगति गर्न सकेको बताए । सासद महताले देशभर सहकारीमा देखिएको समस्याले नागरिक सशकित भएकाले त्यस तर्फ ध्यान दिएर सहकारीले प्रभावकारी कामकाज गर्नुपर्ने, विगतमा सहकारी नियमन नहुँदा फितलो भएको अब सुधार हुने बताए । वर्तमान सरकारले सहकारी नियमन गरिरहेको बताउँदै अब उत्पादनमुखी युवा रोजगारीमुखी कार्यक्रममा जोडदिए । सरकार सुशासन, विकासको गतिमा अघि बढिरहेको बताउँदै सासद महताले वर्तमान सरकारबाट सहकारीकर्मी अपेक्षित भएको बताए । कार्यक्रममा सहकारीकर्मीदेखिका सरोकारवाला सहभागि भएका थिए ।

Leave A Reply

Your email address will not be published.