कञ्चनपुर प्रशासनको सुरक्षाका लागि १५बुँदे निर्देशन

कञ्चनपुर ।

सार्वजनिक स्थलमा कुनैपनि कार्यक्रम संचालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले १५ बुँदे निर्देशन जारी गरेकोछ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक स्थलको सुुरक्षाका लागि निर्देशन जारी गरेको हो ।

हालै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर खेलकुद, मेला महोत्सव र जात्रा सुरक्षाका लागि १५ बुँदे निर्देशन गरेको जनाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले सार्वजनिक स्थलमा हुने कार्यक्रमबाट वाद विवाद, चोरी, डकैती, लुटपाटदेखिका सम्भावित घटना न्यूनिकरणका लागि कार्यक्रम गर्ने आयोजकहरुका लागि सुरक्षा निर्देशन जारी गरेको बताए ।

उहाँका अनुसार चार्डवाडका बेला जिल्लाका विभिन्न स्थानमा हुने खेलकुद, महोत्सव, जात्रा, धार्मिक साँस्कृतिक अनुष्ठान लगायतका कार्यक्रम सुरक्षित, व्यवस्थित पार्दै शान्तिपूर्ण तरिकाले संचालनका लागि पालिका सहितका सरोकारवाला सम्बन्धीत आयोजकलाई १५बुँदे निर्देशन पालनाका लागि आब्हान गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी कोईरालाका अनुसार कार्यक्रमको प्रकृति, सहभागिको अनुमानित संख्या, जोखिम मुल्याङकनकालागि प्रतिवेदन बनाउने, सुरक्षा निकाय नगर प्रहरीसंग समेत समन्वय गर्नुपर्ने, कार्यक्रम स्थलमा सिसिटभी जडान गर्नुपर्ने, प्रवेस, आपतकालिन एव निकासद्धार बनाउने, प्राथमिक उपचार कक्ष, एम्बुलेन्स, दमकल, ट्राफिक व्यवस्थापन, खानेपानी, शौचालय, फोहोरमैला व्यवस्थापन गर्नुपर्ने छ ।

यस्तै अस्थायी स्टेज, पडाल, विद्युत जडानदेखिका मनोरन्जनका लागि सुरक्षा परीक्षण गराउने, महिला, बालबालिका, जेष्ठ नागरिक सहितका जोखिमपूर्ण व्यक्तिकोे सुरक्षाका ध्यान दिई सहायता कक्षा निर्माण गर्ने, कार्यक्रम स्थलमा हुन सक्ने चोरी, लुटपाट, झै झगडा न्यूनिकरणका लागि सुरक्षा निकायसंय नियमित समन्वय गर्ने, आयोजकदेखिका स्वयमसेवक सुुरक्षाकर्मी सहितको विवरण कार्यक्तम स्थलमा राख्ने, आयोजकको परिचान खुल्ने पोषाक सहितका स्वयमसेवक परिचालन गर्ने, ध्वनी प्रदुषण नियन्त्रणदेखिका कार्यक्रम स्थल वरपर प्रभाव नपार्ने वातावरण बनाउने, कार्यक्रम स्थलमा अखाद्य बस्तु बिक्रि वितरण पूर्ण रोक लगाउनुपर्ने, कार्यक्रमको स्थल पालिका सहितका स्थानीय सुरक्षा निकायदेखि प्रशासनसंग अनुमतीका लागि अनुरोध गर्ने र आयोजकले कार्यक्तम स्थलमा दर्शकले पालाना गर्नुपर्ने नागरिक आचारसहिता बारे फ्याक्स बोड राख्नुपर्ने मापदण्ड बनाएको छ । प्रमुख जिल्ला अधिकारी कोईरालाले दशैँ जस्तै अहिले तिहार छठ पर्वलाई समेत शान्तिपूर्ण तरिकाले मनाउनका लागि जिल्लामा आवश्यक सुरक्षा प्रबन्ध मिलाएको बताए । भारतबाट प्रतिबन्धित पटाका, प्लाष्टिका मालादेखिका गैर कानूनी बस्तु भित्रिन नदिन सीमा क्षेत्रमा चेकजाँचदेखिका आवश्यक सुरक्षा प्रबन्ध मिलाईएको छ ।

Leave A Reply

Your email address will not be published.