आज विश्व माटो दिवस मनाइँदै

दार्चुला – आज विश्व माटो दिवस मनाइँदैछ । हरेक वर्ष ५ डिसेम्बरलाई विश्वभर विश्व माटो दिवसका रुपमा मनाउने गरिन्छ ।

जीवन र पर्यावरणमा भूमिका खेल्ने माटोको संरक्षणमा जोड दिएर यो वर्ष माटोको प्रदूषण रोकौँ, उत्पादकत्व बढाऔँ भन्ने नारा तय गरिएको छ । विश्व माटो दिवसको अवधारणा माटो विज्ञानसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्थाले अगाडि सारेको थियो ।

थाइल्यान्डको नेतृत्वमा अगाडि सारेको अवधारणालाई सन् २०१३ मा राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई विश्व माटो दिवसका रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । बढ्दो सहरीकरण र खेतीपातीमा प्रयोग हुने अनेक किटनाशक विषादीका कारण माटो कमजोर भइरहेको छ ।

थप प्रदूषित हुँदै गएको माटोको उब्जाउ क्षमतालाई फेरि सुदृढ बनाउन चेतना फैलाउनु दिवसको मुख्य उद्देश्य रहेको छ ।

Leave A Reply

Your email address will not be published.