भीमदत्त नगरपालिकाद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्दार समाग्री

कञ्चपुर
कञ्चनपुरको भीमदत्त नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्दार समाग्री वितरण गरेको छ ।
भीमदत्त नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्दार समाग्री वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमका विच नगरपालिकाले विपद् उद्दार समाग्री हस्तान्तरण गरेको विपद व्यवस्थापन शाखा प्रमुख मनोज भट्टले बताए । उनका अनुसार रेक्सु रबर्ड, पम्प, प्याडल एक÷एक थान र हेलमेड १०, फाईज्याकेट ५ हस्तान्तरण गरिएका छन ।
भीमदत्त नगरपालिकाले दिएको विपद् उद्दार तथा खोज समाग्रीबाट उद्दार कार्यमा सहजता हुने सशस्त्र प्रहरीले जनाएको छ ।
भीमदत्त नगरका उपप्रमुख निलम लेखक, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले, सशस्त्र प्रहरीका एसपी प्रेम प्रकास सिग्देल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईराला सहितका जिल्ला स्थित सुरक्षा निकायको सहभागिता रहेको थियो । यस अघि पुर्नवास, दोधाराचाँदनी नगरपालिकाले समेत सशस्त्र प्रहरीलाई विपद्का बेला उद्दारमा खटिन समाग्री दिएका थिए । भीमदत्त नगरका उपप्रमुख निलम लेखकले पालिकाबाट प्रदान गरिएका समाग्रीको उचित सदुपयोगमा जोडदिएकी छिन ।

Leave A Reply

Your email address will not be published.