मतगणना अपडेट ३ हजार १ सय ८१ मत गणना देउवा अगाडि,

दार्चुला । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावमा सभापतिको मतगणना भइरहेको छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाउनुभएको छ । अहिलेसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ । अब १४ सय ९८ मत गन्न बाँकी छ ।

सभापतिका उम्मेदवार देउवाले १५०६ मत पाउनुभएको छ । त्यस्तै अर्का उम्मेदवार डा। शेखर कोइरालाले ११ सय ७८ र प्रकाशमान सिंहले २ सय ५४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै विमलेन्द्र निधिले १ सय ७३ मत प्राप्त गर्दा कल्याण गुरुङले १५ मत मात्र प्राप्त गर्नु भएको छ ।

कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ । नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा छ । अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । ४ हजार ६७९ मत खसेकोमा विजयी हुन २ हजार ३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

Leave A Reply

Your email address will not be published.