Naya Sadar
Badar

कांग्रेस सभापतिको मतदान : राति १० बजेदेखि गणना सुरु हुने

Sadar Sano

दार्चुला । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको गणना आज मङ्गलवार राति नै हुने भएको छ । अहिलेसम्म तीन हजार जनाभन्दा धेरैले मतदान गरेका छन् ।

मतदान सकिएपछि मतगणना सुरु गरेर मध्यरातिसम्म मत परिणाम सार्वजनिक गर्ने कांग्रेस चौधौँ राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डाक्टर सुरेश आचार्यले जानकारी दिनुभयो ।

Naya Mat patra

कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार सात सय ४३ जना प्रतिनिधि रहेकामा हिजो सोमवार पहिलो चरणमा चार हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको हो । बाँकी तीनै जना उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गरेका छन् ।

पहिलो चरणमा देउवाले सबैभन्दा धेरै दुई हजार दुई सय ५८ मत प्राप्त गर्नुभएको थियो । यस्तै कोइरालाले एक हजार सात सय दुई, निधिले दुई सय ४९, सिंहले तीन सय ७१ र गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।

उम्मेदवारहरूको समर्थनअनुसार प्रतिनिधिहरूले मत हालेमा सभापति पदमा देउवाको जित निश्चित जस्तै छ ।

यसैबीच सभापतिबाहेकका अरू पदको मतगणना भने पर्सि बिहीवारदेखि मात्र सुरु गर्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । अरू पदमा भने उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत ल्याउनैपर्ने बाध्यता छैन । बढी मत ल्याउने उम्मेदवार विजयी हुन्छन् ।

Leave A Reply

Your email address will not be published.