बसन्त कुमार जोशी / दार्चुला – दार्चुलामा रहेका ऐतिहासिक सम्पदा संकटमा परेका छन।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका मठमन्दिर, चौतारी, पोखरी र धारा कुवाजस्ता सम्पदा संरक्षणको अभावमा संकटमा पर्दै जान थालेका छन् । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा र प्रचार प्रसारको कमीले कतिपय चौतारी–पोखरी भत्काइएको र शताब्ती पुराना ऐतिहासिक र सामाजिक महत्व बोकेका दर्जनौँ मठमन्दीर ,गुफा लगायत अन्य पर्यटकीय क्षेत्र अस्तित्व विहीन बन्दै गएको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का ८० बर्षिय किसन दत्त जोशीले बतानुभयो ।
नेपालमा पुराना राज्य अन्तर्गतको उकु महल , शिखरडाँडा, तातोपनी, केदारगुफा, धर्मी गुफा लगायत अन्य ऐतिहासिक स्थल भगनाशेषको उत्खनन, अनुसन्धान तथा संरक्षणमा ढिलाई हुँदा संकटमा परेका छन् । व्यास गाउपालिकामा पर्ने व्यास हिमाल , अपीनाम्पा हिमाल, मालिकार्जुन गाउपालीका ६ मा पर्ने उकु महल पनि एक पर्यटकिय विन्दु हो । त्यस्तै अपिहीमाल गाउपालिका खण्डेश्वरीमा पर्ने सुर्मासरोवर लिपुलेक, लिम्पीयाधुरा , कालापानी पनि पर्यटकहरूका लागि निकै मनमोक स्थलको रुपमा मानिन्छन । धर्मी गुफा, लेकम गाउपालिकाको कुणीमा पर्ने धुराकेदार , सो ठाउमा पर्ने हुनैनाथ मन्दीर, मालिकार्जुनको शिखरडाँडा र राष्ट्को सातौ धामको रुपमा रहेको मालिकार्जुन मन्दिर पनि महत्त्वपूर्ण स्थलहरू हुन।
औतालेको हुनैनाथ मन्दिर, रिठाचौपाताको जयपुर मन्दिर, बोहरीगाउँको बन्तोली मन्दिर, गोकुलेश्वरको देवल महलको भग्नावशेष, गोकुलेश्वरमा रहेको शिव मन्दिर, मार्मा गाउपालिकाको लटीनाथ मन्दिर पनि यहाँका महत्त्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरूका रुपमा रहेका छन । यसका साथै यस जिल्लामा रहेको अपिनाम्पा संरक्षण क्षेत्र पनि यस जिल्लाको एक पर्यटकिय केन्द्र विन्दू हो ।
तर मालीकार्जुन गाँउपालिकामा अवस्थित पूरानो दरबारको भगनावशेषको रुपमा रहेको उकु महल, नाग पाल राजाले बनाएको फूलपाती चौतारी, डम्मरा चौतारी, र महलनै मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गइरहेका छन् । मध्यकालीन कत्युरी राजाहरुको राजधानीको रुपमा यसलाई निर्माण सुरु गरेको इतिहास भेटिन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहास रहेको इतिहासका जानकार बताउँछन। अहिले पनि उकु क्षेत्र र उकुसँग सीमा जोडिएको भारतीय क्षेत्र अस्कोट शैल्यशिखरको देथलामा पालहरुको बसोबास छ । इतिहासबारे जानकार लेकम गाउपालिका ३ का ९७ बर्षका गौरी दत्त जोशीका अनुसार उकु भगनाशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति सिलालेखहरु जम्मा गरेको बतानुभयो । सो महलमा रहेका कोटघर, देवस्थल, दरवारको मजवुत किल्लाहरु, ढुगांमा कुदिएका विभिन्न भगवानको मुर्तिहरु, विभिन्न आकृतिका ढुगांहरुले पुरातात्तिक महत्व दर्साइ रहेको मालिकार्जुन गाउपालिका ६ का वडा अध्यक्ष गोपाल सिह धामीको भनाई छ । उकुको ऐतिहासिक सम्वन्ध सीमावर्ती भारतको अस्कोट र शैल्यशिखरको देथला संग रहेको छ ।
त्यसैगरी ऐतिहासिक महत्व बोकेको दार्चुलाको लेकम गाउपालिका २ गाडागाउमा अवस्थित धुरा केदार मन्दीर पनि प्रचार प्रसारको कमीले संकटमा परेको छ । शताब्दी पुरानो मन्दीर इतिहास बोकेका यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीय वासीले गुनासो गरेका छन । धेरै पुरानो मानीएको यो गुफा स्थानीयस्तरका जनप्रतीनिधीहरुले चासो नदिदा संरक्षण नभएको लेकम गाउपालिका २ का मोहन देब जोशीले गुनासो गर्नुभयो । यो ठाउ पर्यटकहरुको लागी निक्कै मनमोहक मानीन्छ । यहाबाट भारतका बिभीन्न ठाउहरुको दृष्य हेर्न सकीने लेकम गाउपालिका ३ का अम्बा दत्त जोशी ले भन्नुभयो ।
लेकम गाउपालिकाको आर्कषण केन्द्रको रुपमा मानीएका तीतेकडाडाडो, ठकुरीको भिर , महाकाली नदी र चौलानी नदीका दृष्य नियाल्न सकिने कुसकडा बस्ती, दार्चुला जिल्लाको समथल क्षेत्रको मैदानी भागका रुपमा चिनीएको लाली, जोशीगाउ बस्ती गल्लाकेदार मन्दीर खरकडा , निक्कै शक्तीशाली र मनोकामना पुरा हुने मन्दीरको रुपमा मानीएको हुनैनाथ मन्दीर , नमुना प्राबिधीक विद्यालय रिठाचौपता, लटीनाथ मन्दीर जैपुर , जेठी बहुरानी ढुङगा लगायत अन्य ऐतिहासीक महत्वपुर्ण पर्यटकीय क्षेत्र लेकम गाउपालीकाको गहनाको रुपमा चिनीन्छ । यहाका जनप्रतीनीधीहरुले यी पर्यटकीय क्षेत्रको संरक्षण र सम्र्वदनमा ध्यान नदीदा पर्यटकीय क्षेत्र ओझेलमा परेको लेकम गाउपालीका ५ चन्नोलाका स्थानीय धर्मानन्द जोशीले बतानुभयो ।
यस्तै देशकै सातौ राष्टीय धाम र जिल्लाकै प्रमुख धार्मीक पर्यटकीय स्थलका रूपमा चिनिदै आएको मालिकार्जुन मन्दिरमा पनि सोचे जस्तो भौतीक संङरचना नबन्दा कतै संकटमा पर्नै त होइन भन्ने डर लागेको मालिकार्जुन बिकास समीतीका सचीव जनक धामीले बतानुभयो । मालिकार्जुन मन्दिरबाट ५००० मिटर को उचाईमा श्री शैल्य शिखरधाम छ । शैल्य शिखरधाममा विशेष गरी असार शुक्ल चर्तुदशी र कार्तिक शुक्ल त्रियोदसिका दिन जात्रा लाग्ने गर्दछ। श्री शैल्य शिखर धामको दर्शन गर्न महिलाको हकमा विबाहित र पुरुषको हकमा ब्रतबन्ध गरेकाले मात्रै जान सक्छन्। मालिकार्जुन भित्र लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि छ। लटिनाथ मालिकार्जुनका सुपुत्र हुन् भने कैलपाल लटिनाथ देवताका भाइ अर्थात उनका मामाका छोरा हुन भन्ने यहाँका बुढापाखा जानकार बताउछन ।
यो संगै दार्चुला जिल्लामा सितोष्ण, सम सितोष्ण, अतिशीत हावापानी पाईने भएकाले यो पर्यटकीकहरुको गन्तब्यको रुपमा पाइन्छ । जस अनुसार कोणधारी वन, हार्डउड वन, मिश्रित वन, झाडी बुट्यान वन र अन्य वनहरू रहेका छन् । जिल्ला भित्र पाइने वनस्पतिहरू मध्ये देवदार, बाँज, सल्लो, साल, टुणी, उत्तिस, सिमल, चिउरी, लाली गुराँस, बाँस, कोइरालो, साज, सानन, धुईयो, मौनेठी, पैंयो, जामुन, जस्ता वनस्पतिहरूका साथै यार्सा गुम्बा, पाँचऔंले, झ्याउ, भुतकेश, भोजपत्र, भ्याकुर, दालचिनी, टिमुर, पदमचाल, पाषाणभेद, दारुहल्दी, तितेपाती, लौठसल्लो, गुच्ची च्याउ, कुमकुम, सिकाकाई, सतुवा, सेतक चिनी, कुटकी, काफल बोक्रा, ओखर बोक्रा, धुपी पात, तेजपात र रिठ्ठो आदी जडिबुटीहरू समेत रहेका भए पनि यीनीहरुलाइ संरक्षण नदीदा संकटमा परेका हुन ।
हराउदै लागेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका मठमन्दिर, चौतारी, पोखरी र धारा कुवाजस्ता सम्पदा संरक्षणका लागी युवा पिडी र स्थानीय सरकारले पनि ध्यान दीनु आवश्यक रहेको छ ।