उच्च अदालत दिपायल महेन्द्रनगरको तथ्याङ्क अनुसार लक्ष्य भन्दा दुई सय ५१ मुद्दा फैसला

कञ्चनपुर
कञ्चनपुरको उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले एक बर्षको अवधिमा ९२ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । चालु आर्थिक बर्ष ०८२÷०८३ मा उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासबाट ९२ प्रतिशत मुद्दा फछ्यौट गरेको हो ।
उच्च अदालत दिपायल महेन्द्रनगरको तथ्याङ्क अनुसार कुल नौसय १३ मुद्दा मध्ये आठसय ४१ मुद्दाको फैसला भएका छन । उच्च अदालतले बार्षिक पाँचसय ९० मुद्दा फ्छ्यौट गर्ने लक्ष्य अघि सारेपनि दुईसय ५१ बढी मुद्दा फैसला भएका हुन । उच्च अदालतले बार्षिक लक्ष्य भन्दा एकसय ४३ प्रतिशत मुद्दा फछ्यौट गर्न सफल भएको छ ।
शुरु दुनियाँवादी फौजदारी ७ मध्ये ७ फछ्यौट, शुरु सरकारवादी फौजदारी बैंकिङ्ग कसूर ५मध्ये ५ फ्छ्यौट गरिएका छन । देवानी पुनरावेदन एकसय ६५मध्ये एकसय ४५ पछ्यौट, २० बाँकी, फौजदारी ६सय मध्ये पाँचसय ६३फछ्यौट, ३७ बाँकी, दुनियाँवादी फौजदारी ७१मध्ये ६४फछ्यौट ७ बाँकी, रिट ६५मध्ये ५७ फछ्यौट ८बाँकी रहेका छन ।
अदालतको तथ्याङ्क अनुसार मुख्य न्यायाधिश श्यामजी प्रधानको ईजलासबाट राय र सहमत राय सहित ६सय ८४, न्यायाधिश गोबिन्द जोशीको ईजलासबाट राय र सहमत राय सहित ५सय ३३, न्यायाधिश गिरीराज गौतमको ईजलासबाट राय र सहमत राय सहित ४सय ४७ मुद्दा फैसला गरिएका छन । त्यस अघि तत्तकालिन मुख्य न्यायाधिश दिनेश प्रशाद यादवको ईजलासबाट राय, सहमत राय सहित ७, न्यायाधिश उज्जवल शुक्लको ईजलासबाट राय, सहमत राय सहित ५ र न्यायाधिश फुर्पा तामाङ्गको ईजलासबाट राय, सहमत राय सहित ६मुद्दा फैसला भएका थिए ।
उच्च अदालत दिपायल महेन्द्रनगरका सूचना अधिकारी गणेश भट्टले चारै जिल्ला अदालतबाट पुनरावेदन र सिधै उच्चमा परेका रिट मध्ये अब ७२ मुद्दा मात्रै फछ्यौट हुन बाँकी रहेको बताए । फछ्यौट हुन बाँकी रहेका उक्त मुद्दाहरुपनि विवित जटिल प्रकृतिका प्रमाण, पक्ष, विपक्षबाट पेश गर्न बाँकी रहेकाले फैसला हुन नसकेको बताए । आगामी आर्थिक बर्ष ०८३÷०८४ फछ्यौट हुने उनले बताए । उनका अनुसार एक बर्ष नाघेका कुनैपनि मुद्दा फछ्यौट हुन बाँकी नरहेको बताए ।
उच्च अदालत दिपायल महेन्द्रनगरका रजिष्ट्रार ताराप्रशाद जोशीले अदालतमा दर्ता भएका सबै मुद्दामा गम्भिर भएर फाष्टू¥याक बाट फैसला गरिएको बताए । उनका अनुसार म्याद तामेलीदेखि निरन्तर ताकेता, पहुँच भएका जिल्ला अदालतमा आफैले तारेख लिएर मुद्दा फट्यौट गरेको बताए । उनका अनुसार मुद्दासंगसंगै अदालत परिसर व्यवस्थापनका कामकाज समेत गरिएको बताए । ईजलास व्यवस्थापन, कार्यालय भवन, भौतिक समाग्री मर्मत सम्भार, पेन्टिङ्ग, रेलिङ्ग,एसी जडान गरिएको छ । सेवाग्राही, कर्मचारीको सुविधाका लागि थप व्यवस्थापन गर्न बाँकी रहेको छ । अदालतले अब पेन्डिङ्गदेखि पुराना मुद्दा सबै फैसला गर्न प्राथमिकता दिएकोछ ।

Leave A Reply

Your email address will not be published.