संजय विश्वकर्मा / लहान – सिरहाको लहानका करिब दुई सय घर परिवारहरु बिहिवार कम्बल पाएका छन् । समाजसेवी तथा नेपाली काङ्ग्रेसका सिरहा क्षेत्र नम्बर १ सभापति समेत रहेका महेश प्रसाद चौधरीले उक्त सामग्री वडा नम्बर १२, १५, २२ र २४ का विपन्न बस्तीहरुमा आफै पुगेर बाँडे । बाँचुन्जेल सम्म पनि समाजिक कार्य जारी राख्ने प्रतिबद्धता स्वरुप चौधरीले विगत र हाल सम्म समाजसेवाको कार्यलाई निरन्तरता दिंदै आई रहनु भएको छ ।
कोरोना महामारीको बेला विपन्न बस्तिहरुमा राहत बाँड्दा बाँड्दै गत २०७८ जेष्ठ २२ गते चौधरीको श्रीमति संगिता कर्माचार्यको उपचारको क्रममा झापाको बिएनसि अस्पतालमा निधन भयो । स्वर्गीय श्रीमति कै नामबाट संगिता कर्माचार्य स्मृति प्रतिष्ठान बिधिबत रुपमा दर्ता गरि श्रीमतीको समाजसेवा प्रतिको मोहलाई जिवित राख्न सम्झना स्वरुप प्रत्येक महिनाको २२ गते समाजिक कार्यलाई निरन्तरता दिन चौधरीले प्रतिबद्धता गरे । सोही बाचालाई कर्यान्वन गर्न विपन्न बस्तिमा कम्बल बाँडेको उनले बताए ।
स्थानीय सरकारलाई मतलब छैन् । चुनावको समयमा गरेका प्रतिबद्धता स्थानीय सरकार बिर्से , उनिहरु सत्ताको मोहमा रमे । यस्तो चिसोमा पटक्कै आउदैनन । तर , समाजसेवी महेश प्रसाद चौधरी सरकारी पदमा नभए पनि आउँछन् , दुख , सुख बुझ्छन् , बाँड्छन् ,अधिकांश विपन्न परिवारहरुले भनेका छन् ।
केही दिन यता तराईका जिल्लाहरुमा बढ्दो चिसोको कारण जनजीवन प्रभावित भएको छ । चिसोले सबैभन्दा बढी आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारहरु प्रभावित छन् । छाक टार्न समस्या रहेको उनीहरुको न्यानो कपडाको अभाव छ । समाजसेवी चौधरीले कम्बल दिएपछि उक्त परिवारहरु खुसी भएको छ ।
