एमाले कञ्चनपुरको अध्यक्षमा विष्ट निर्वाचित

कञ्चनपुर – नेकपा एमाले कञ्चनपुरका अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन् । विष्टले वर्तमान अध्यक्ष वीरबहादुर थापा पातललाई ९८ मतान्तरले पराजित गरेका हुन् ।

बुधबार अबेर सार्वजनिक मत परिणामअनुसार विष्टले २८१ र थापाले १८३ मत प्राप्त गरेका छन् । अन्य पदाधिकारीमा पनि विष्ट प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । विष्ट भीमदत्त नगरपालिका नगर प्रमुख हुन् । उनी वर्तमान कार्यसमितिका सचिवसमेत हुन् ।

उपसभापतिमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट र उपसचिवमा कर्णबहादुर चन्द तथा फैरु तामाङ विजयी भएका छन् ।

पुस २३ गते आठौं जिल्ला अधिवेशन उद्घाटन भएको थियो । त्यसपछि सहमतिका लागि ४ दिनसम्म प्रयास गर्दा पनि असफल भएपछि मतदानबाट नेतृत्व चयन गरिएको हो । मंगलबार राति भएको मतदानमा ४९९ मतदाता भए पनि ४७० मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.