अफ्रिकी मुलुकमा सेनाद्वारा सत्ता कब्जा

दार्चुला । अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले शासन सत्ता हातमा लिएको दावी गरेको छ ।बुर्किना फासोका राष्ट्रपति रोज काबोरेलाई अपदस्थ गरी सत्ता कब्जा गरेको सेनाको दावी छ । सेनाका एक उच्च अधिकारीले टेलिभिजनमार्फत सन्देश दिँदै देशको सुरक्षा अवस्था बिग्रंदै गएको भन्दै सत्ता लिएको जनाएको हो ।

बुर्किना फासोमा पछिल्लो समय इस्लामबादी विद्रोहीलाई संरक्षण दिएको आरोप लगाउँदै देशमा अशान्ति सिर्जना गरेको सेनाको दाबी छ । यद्दपी राष्ट्रपति रोज पक्राउ परे वा सुरक्षित स्थानमा छ भन्ने बारेमा कुनै स्पष्ट पारिएको छैन ।राष्ट्रपतिले देशको सुरक्षा संकटसँग जुध्न पूरै असफल भएको र राष्ट्रलाई एकताबद्ध गर्न भूमिका निर्वाह नगरेको आरोप लगाउँदै अब राष्ट्रको हितका लागि सेनाले थप कदम चाल्ने दावी समेत गरेको छ ।

सेनाले सत्ता हातमा लिनु अघि राजधानी ओउगाडौगुमामा रहेको केही ब्यारेकहरु कब्जा गर्दा बन्दुकको आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।बुर्किना फासोमा सन् २०१५ मा सेनाले कुको प्रयास गर्दा विद्रोह गरेका सेनाहरु राखिएको उक्त ब्यारेक कब्जा गर्दै सेनाले सत्ता हत्याएको समाचारमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.