दार्चुला – राष्ट्रिय सभाको बैठक यही माघ १७ गते सोमवार दिउँसो १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा। भरतराज गौतमद्वारा प्रकाशित सूचनामा राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ ।
यस बैठक यही माघ २ गते आइतवारको सूचनामार्फत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको थियो ।
‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम १० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ ।