पार्टीमा काेही पनि असन्तुष्ट छैन : अध्यक्ष लिङ्देन

दार्चुला – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताउनुभएको छ ।
आज आइतवार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधानअनुसार मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै पनि सदस्य असन्तुष्ट नरहेको बताउनुभएको हो ।निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उहाँले त्यो विषयलाई निकट भविष्यमै टुङ्गोमा पुर्‍याउने बताउनुभयो । पार्टीको कार्यकर्ता र शुभेच्छुकहरूलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उहाँले बताउनुभयो ।अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘अहिले कोही पनि सदस्य साथीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरू छन्, त्यस विषयमा हामी छलफलमा छौँ र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुङ्गोमा पुग्छौँ ।’
अध्यक्ष लिङ्देनले मनोनित गरिएका पदाधिकारीहरूलाई पार्टी कार्यालयमा आज स्वागत गर्नुभएको हो । मनोनित २४ पदाधिकारीमध्ये केही पदाधिकारी भने उपत्यकाबाहिर भएकाले उहाँहरूले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.