स्थानीय निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली कार्य संकलन स्थगित

दार्चुला । स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ ।

निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता नामावली संकलन गर्ने कार्यालयहरुलाई आजदेखि मतदाता नामावली संकलन रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिनुभयो ।

आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ । कानुनी व्यवस्था अनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो ।

निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो । हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।

Leave A Reply

Your email address will not be published.