Naya Sadar
Badar

राप्रपाका पूर्वकोषाध्यक्ष पौडेलले पनि पार्टीबाट अलग भएको घोषणा

Sadar Sano

दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छोडेका ेघोषणा गरेको छ । उनले बुधबार आज विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

Naya Mat patra

उनले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको उल्लेख गरेका छन् । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु’ पौडेलले लेखेका छन् ।

राप्रपामा कमल थापा निकट भनेर चिनिएका पौडेल पूर्व कोषाध्यक्ष पनि हुन् । तर गत मंसिरमा भएको महाधिवेशनमा उनले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।

निवर्तमान अध्यक्ष थापाले पार्टी छाडेको भोलिपल्ट पौडेलले पनि छाडेका हुन् । तर उनले आफूले कमल थापालाई साथ दिने गरी पार्टी नछाडेको अनलाइनखबरलाई बताए । ‘मैले कुनै दृष्टिकोण बनाएको छैन, उहाँ कमल थापा सँग भेट पनि भएको छैन’ उनले भने ।पार्टीको विवाद मिलाउन नसकेपछि बसिरहनु उचित नदेखेर छाडेको पौडेलले बतानुभयो ।

Leave A Reply

Your email address will not be published.