दार्चुला । स्थानीय तह निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग आज छलफल गर्दैछ ।
सरकारले वैशाख ३० गते तीनै तहको निर्वाचन गर्ने निर्णय गरेसंगै निर्वाचन आयोगले आफ्नो तयारी तीब्र बनाएको हो ।
निर्वाचन आयोगका अनुसार निर्वाचन प्रणालीलाई विश्वासिलो र छिटो छरितो बनाउन विद्युतीय मेसिनको प्रयोग गर्ने विषयमा समेत छलफल गर्न लागिएको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो ।