पाकिस्तानका सांसद तथा चर्चित टीभी स्टार हुसैनको निधन

एजेन्सीँ । पाकिस्तानका चर्चित टीभी प्रस्तोता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा। आमिर लियाकत हुसैनको ४९ वर्षको उमेरमा निधन भएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उहाँको मृत्यु भइसकेको बताएका थिए ।

हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ । उहाँको निधनका कारण नेशनल असेम्बलीको सत्र शुक्रवार बेलुकी ५ बजेसम्म स्थगित गरिएको छ ।

भर्खरै मात्रै आमिर लियाकत आफ्नो तेस्रो विवाहलाई लिएर विवादमा मुछिनुभएको थियो, जसका कारण उहाँले देश छाड्ने घोषणा गर्नुभएको थियो ।

धार्मिक टीभी कार्यक्रम आलम अनलाइनु बाट चर्चित डा। आमिर लियाकत हुसैन सन् २०१८ मा पीटीआईको टिकटबाट चुनाव जितेर सांसद बन्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.