बैतडीको पुरचौंडी नगरपालिकाले खुवायो करारका कर्मचारीलाई साढे २ करोड बढी

बैतडी – बैतडीको पुरचौंडी नगरपालिकाले करारका कर्मचारीलाई एक वर्षमा साढे २ करोड रुपैयाँ खुवाएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी सिर्जना गर्न नसकिने व्यवस्था छ।

तर पुरचौंडी नगरपालिकाले सवारी चालक, कार्यालय सहयोगी जस्ता विभिन्न पदमा १३५ जना कर्मचारी राखी एकै वर्षमा चालु खर्चबाट २ करोड ५४ लाख २७ हजार ७०४ रुपैयाँ ९१ पैसा खर्च देखाएको छ।

Leave A Reply

Your email address will not be published.