१ मेरो देश।।
मेची काली फैलिएको , विशाल मेरो देश
बुद्ध भूमि , शान्तिभूमि , प्यारो मेरो देश
सगरमाथा शिर छ जसको चौरी डुल्छन् जहाँ
ईन्द्रको अलकापुरीलाई चुनौती दिन्छ, रमणीय मेरो देश।
२ जीन्दगी बन्धक भो ।।
रहेन पुरानो स्वतन्त्रता , जीन्दगी बन्धक भो
अङ्कुशै , अङ्कुशमा बाँच्नुपर्ने , जीन्दगी बन्धक भो
कसैले मलाई किनेर राखेजस्तो , आभाष हुन्छ अचेल
दुर्गमको जागिर , टाढाको बसाँई , जीन्दगी बन्धक भो
३ दुई दिने चोलामा ।।
मरी लानु के नै छ र , दुई दिने चोलामा
रमाई रमाई जिउनु पर्छ , दुई दिने चोलामा
विचित्रको नियम छ यो प्रकृति सँग त
सँगै लिन पाईँदैन नी , धन पैसा झोलामा ।
लेखक ब्रहमानन्द जोशी
लेकम गाउँपालीका वडा नम्बर २ दार्चुला