आज गौरा पर्वको दोस्रो दिन : विरुडा धाेएर घरमा गौरा भित्र्याइदै

दार्चुला – सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको छ। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो। गौरा पूजनका लागि बिरुडा भिजाएर मनाइने गौराको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज व्रतालु महिलाहरुले विरुडा धुनेछन् । यस वर्ष विरुडा धोएर गौरादेवीलाई गौराघरमा भित्र्याउने संयोग परेको छ । तर सबै वर्ष यस्तो संयोग पर्दैन ।

आजै गौरादेवीमा चढाउने चलन छ। आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन्। यसका साथै साँझको समयमा व्रतालु महिलाहरुले कुण्डस्नान गर्ने गर्दछन्। गौराको मुख्य दिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट मन्दिर अर्थात गौराखलामा लगेर पूजा गर्ने चलन रहीआएको छ।

आज विरुडा धुने र आज नै गौराघरमा गौरा भित्र्याएर गौरादेवीको पुजाआजा गरिनेछ । आजको दिनलाई ‘ठूली गौरा’ भनेर मनाइन्छ। व्रतालु महिलाहरुले बिहानै नुहाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।
‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरी व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन्। साउँ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइन्छ। व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.