दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकामा एक पुरुषको मृत फेला परेको छ। शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश साहीले बताउनुभयो ।
हाल नाम, थर, वतन नखुलेको पुरुषको शव आइतबार मृत अवस्थामा फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ।
