आगो ताप्ने क्रममा जलेर एक वृद्धको ज्यान गयो

आगो ताप्ने क्रममा जलेर एक वृद्धको ज्यान गयो
पाल्पा । पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको ज्यान गएको छ । आगोले जलेर रिब्दीकोट गाउँपालिका १ जोरपोखरीकोटखेराका ७५ वर्षीय खिमबहादुर विकको ज्यान गएको हो ।

खरले छाएको कच्ची घरभित्र सुत्ने कोठामा आगो ताप्ने क्रममा जलेर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.