कैलालीमा आगोले जलेर वृद्धको मृत्यु

दार्चुला ।  कैलालीको घोडाघोडीमा आगोले जलेर वृद्धको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको आगोले जलेर गएराति मृत्यु भएको हो।

 

घर नजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगोबाट आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो। साथै आगलागीबाट झुपडी पूर्णरूपमा जलेर नष्ट भएको छ।

Leave A Reply

Your email address will not be published.