अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा १९ जनाको ज्यान गयो

अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।

काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विस्फोटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

इन्धन बोकेको ट्याङ्कर विस्फोट हुनुको कारण खुलेको छैन । विस्फोटसँगै लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको छ ।

Leave A Reply

Your email address will not be published.