दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अस्थायी,करार ज्यालादारी कर्मचारी हकहित मञ्च गठन गरिएको छ ।
गाउँपालिकाामा कार्यरत अस्थायी,करार र ज्यालादारी कर्मचारीको शनिबार बसेको भेलाले गाउँपालिकामा कार्यरत बरिष्ठ लघु उध्यम सहकर्ता जगदिश चन्द्र अवस्थीको अध्यक्षतामा १७ सदस्यीय मञ्च गठन गरिएको हो ।
मालिकार्जुन गाउँपालिका अन्तर्गत कार्यरत अस्थायी ,करार , ज्यालादारीमा कार्यरत कर्मचारीहरुको हकहितका लागि आवश्यक समन्वय तथा सहजीकरणको लागी मञ्च गठन गरिएको अध्यक्ष अवस्थीले बताउनुभयो ।
भेलाले डाक्छर निराजन बोहराको संयोजकत्वमा कृष्ण राज जोशी र जनक राज अवस्थी सदस्य रहने गरि सल्लाहकार समिती पनि गठन गरेको छ। मञ्चको अध्यक्षमा जगदिश चन्द्र अवस्थी, उपाध्यक्षमा सामाजिक परिचालिका मानमती अवस्थी, कोषाअध्यक्षमा एम आइ एस अपरेटर लोकेन्द्र सिंह धामी, सचिवमा कम्युटर अपरेटर गोविन्द सिह धामी(रबि) र सहसचिवमा खानेपानी सब प्राविधिक नरेन्द्र राज पन्त रहने गरि १७ सदस्यीय सञ्च गठन गरिएको सचिव गोविन्द सिंह धामीले जानकारी दिनुभयो ।
मालिकार्जुन गाउँपालिकामा अहिले एक सय बढी अस्थाई र करार कर्मचारी कार्यरत रहेका छन ।