कञ्चनपुर ।
कञ्चनपुरको एक होटेल म्यानेजमेन्ट कलेजले विद्यार्थीलाई अग्नी नियन्त्रण सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको सिटिजन ईन्टरनेशनल होटेल म्यानेजमेन्ट कलेजले आफ्ना विद्यार्थीलाई अग्नी नियन्त्रण सम्बन्धी अभिमुखिकरण एक दिने तालिम दिएको हो ।
बिहीबार एक कार्यक्तमका विच विद्यार्थीलाई अग्नी नियन्त्रण सम्बन्धी कलेजमै अभिमुखिकरण तालिम दिएको जनाएको छ । सिटिजन ईन्टरनेशनल होटेल म्यानेजमेन्ट कलेजका प्रबन्ध निर्देशक राजेन्द्र गिरीले होटल म्यानेजमेन्टका विद्यार्थीलाई पाठ्क्रममै भएको तथा अतिरिक्त ज्ञान अभिबृद्धिका लागि अग्नी नियन्त्रण तालिम दिएको बताए ।
‘हाम्रा विद्यार्थीले किचनदेखि होटल, घर, आफ्नै व्यवसायिक क्षेत्रमा काम गर्नुपर्छ, ‘उनले भने, काममा दौरानमा आउनसक्ने आगलागी जस्ता विपद् जोखिम न्यूनिकरणका लागि हामीले उनीहरुलाई अग्नी नियन्त्रण बारे अभिमुखिकरण गराएका छौँ ।’
विद्यार्थीको सुरक्षाका लागि उक्त अभिमुखिकरण दिएको बताउँदै उनले यसबाट स्वयम निवास, व्यवसायिक एव होटल क्षेत्र आगलागीबाट बाँचिनेछ ।
प्रबन्ध निर्देशक नेपाल प्रहरीको गिरीले सुदूरपश्चिम प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्मका गुल्मपती(कार्यालय प्रमुख) नविन नेगीले सैद्धान्तिक तथा गुल्मका अन्य प्रहरी कर्मचारीले व्यवहारिक अभ्यास सिकाएको बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्मका गुल्मपती समेत प्रहरी निरीक्षक नविन नेगीले कलेजको आग्रह अनुरुप विद्यार्थीलाई अग्नी नियन्त्रण सम्बन्धी सैद्धान्तिक ज्ञानका साथै अभ्यास गराएको बताए ।
सिटिजन ईन्टरनेशनल होटेल म्यानेजमेन्ट कलेजका विभागिय प्रमुख नरेश सिह ऐरीले कलेजमा अध्ययन गरेका विद्यार्थी स्वरोजगारदेखि रोजगारीमा कार्यरत रहेको बताए । ‘यहाँ अध्ययन गरेपछि अनिवार्य रोजगारी पाउँछन, ‘उनले भने, ‘कि लगानी गरेर आफैले होटल खोलेका छन, कि स्वदेश तथा विदेशमा ठुलठुला होटल रेष्टुराहरुमा कार्यरत छन ।’
०१५सालदेखि होटल म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएको उक्त सिटिजन ईन्टरनेशनल होटेल म्यानेजमेन्ट कलेजले हालसम्म ५÷६सय विद्यार्थी पढाईसकेको छ । उक्त कलेजमा अध्ययन गरेका विद्यार्थी स्वदेश तथा विदेशमा आफ्नै व्यवसायदेखि स्टार होटलमा रोजगारीमा छन । सहभागि विद्यार्थीले पहिलो पटक अग्नी नियन्त्रण तालिम पाएको बताएका छन । विद्यार्थी शंकर सिह महराले पढाईसंगै आगो नियन्त्रण कसरी गर्ने आफु र अरुलाई कसरी बचाउने बारे जानकारी पाएको बताए । अर्की छात्रा नितु लुहारले पनि पहिलो पटक तालिम लिएको र अब आगोबाट बाँच्ने ज्ञान पाईएको बताईन । उक्त होटल म्यानेजमेन्टका विद्यार्थी करन जोशीले आफुले पढ्दापढ्दै रोजगारीमै रहेको बताए । ‘मैले एसईई उर्तीण गरेपछि व्यवसायिक शिक्षा रोजे, ‘उनले भने, ‘अहिले पढाईको साथसाथै स्वदेशमै रोजगारी गर्दैछु ।’ अर्का विद्यार्थी उमेश रावलले आफुले पनि पढाईको साथसाथै रोजगारीमा पनि कार्यरत रहेको बताए । सिटिजन ईन्टरनेशनल होटेल म्यानेजमेन्ट कलेजले होटल क्षेत्रमा शिघ्र रोजगारीका लागि छोटो तथा लामो कोर्षमा होटल व्यवस्थापनका कक्षा संचालन हुदै आएको जनाएको छ ।