दार्चुला : महाकाली नदि सफाई अभियान सञ्चालन

पुष्पराज जोशी, दार्चुला । साझा नदि साझा अधिकार भन्ने मुल नारा सहित दार्चुलामा महाकाली नदि सफाइ अभियान सञ्चालन गरिएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ३ राडममा नदि सफाई अभियान सञ्चालनको सुभारम्भ गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सिडाको आर्थिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुला द्वारा संचालित टोसा दक्षिण एसियायी अन्तर देशिय नदिहरुको पानीको सामुदायिक सदुपयोग परियोजना मार्फत राडममा स्थापना गरिएको जगन्नाथ महिला सशक्तीकरण केन्द्रले महाकाली नदि सरसफाइ अभियान सञ्चालन गरेको हो ।

ट्रोसा परियोजनाले सन २०१७ देखि हाल सम्म दार्चुला जिल्लाको ५ पाँच ओटा स्थानीय तहमा काम गर्दै आएको छ। महाकाली बेसिनमा बसाइँ गर्ने समुदायको जिबिको पार्जनमा सहयोग पुर्याउनुको साथै महिला हिंसा न्यूनीकरण बालविबाहमा पुर्ण रोक, महिलाहरुलाई आत्मनिर्भर बनाउने लगायताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिहरहेको छ। यसका साथै परियोजनाले सामाजिका विकासका कार्यमा पनि सहयोग गर्दै आइरहेको छ।

 

हाल ट्रोसा परियोजना सुदुरपश्चिमका  चार ओटा जिल्लामा संचालनमा रहेको छ, जसमा दार्चुलाको हकमा यो परियोजनालाई (CRDS),बैतडी मा (रुडेस) बैतडीले,डडेल्धुरामा (रुडक)ले र कंचनपुरमा (निड्स)ले हेर्दै आएको छ, भने यो परियोजना हाल ४ ओटा देश नेपाल,भारत, बाङ्लादेश र म्यानमार सञ्चालनमा रहेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.