दार्चुलामा करेन्ट लागेर टिप्पर चालकको मृत्यु

दार्चुला । दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ३ नलबगडस्थित सडकम माटो फाल्ने टिप्परको ढाला नांगो बिजुलीको तारमा लागेर टिप्पर चालकको मृत्यु भएको हो ।

टिप्परको ढाला विजुलीको तारमा लागेर गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने बेला बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । यस्तै टिप्पर सहचालक मार्मा गाउँपालिका वडा नम्बर ६ का अन्दाजी १९ वर्षीय प्रकाश सिहं ठगुन्ना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.