दार्चुलामा आयोडिन नुनको खपत बढ्दै

दार्चुला । दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढ्दै गएको छ। केहि वर्ष पहिलेसम्म दार्चुलाको सहरदेखी ग्रामिण क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्रि वितरण बढ्न थालेको हो ।

जनचेतना बृद्धिसंगै मानिसहरुले बानी परिवर्तन गर्न थालेपछि आयोडिन नुनको प्रयोगदर बढ्दै गएको हो । दार्चुलाको खलंगा, गोकुलेश्वर, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्रि डिपो स्थापना भएसंगै जिल्लामा आयोडिन नुनको बिक्रि बितरण र प्रयोग दर बढ्दै गएको साल्ट टे्रन्डीङ ढीपो कार्यालय दार्चुलाका कार्यलय प्रमुख प्रेम सिंह कुवरले बताउनुभयो ।

आयोडिन नुनको बिक्रि डिपोबाट प्रति किलोग्राम ९ रुपियाका दरले आयोडिन नुन पाइने गरेको छ । महाकाली नगरपालिका–४ खलंगामा रहेको बिक्रि डिपोबाट चालु आर्थिक वर्षको फागुन महिना सम्म १ हजार ७ सय ३९ क्वीन्टल ५० कीलोग्राम बिक्रि भएको कार्यालय प्रमुख कुवरले जानकारी दिनुभयो ।

गत वर्षको ६ सय ४६ क्वीन्टल ५० किलोग्राम नुन मौज्दात रहेको थियो । चालु आर्थिक वर्षमा दुई हजार क्वीन्टल आयोडिन नुन जिल्लालाई प्राप्त भएको छ । गत वर्षको मैजाद र चालु आर्थिक वर्षमा प्राप्त सबैमध्ये अहिले ८ सय १३ क्वीन्टल ३० किलोग्राम आयोडिन नुन मौजाद रहेको खलंगा डिपोका प्रमुख कुवँरले बताउनुभयो ।

चालु आर्थिक वर्षमा २ हजार  क्वीन्टल नुन ढुवानीको सम्झौता भएको उहाँले बताउनुभयो । विगत वर्षहरुको तुलनामा जिल्लामा आयोडिन नुनको प्रयोग तथा बिक्रि बितरणमा सुधार हुदै गएको खलंगा डिपो प्रमुख कुवँरले बताउनुभयोे ।

खलंगाबाट महाकाली नगरपालिका संगै दुहुँ र व्यासका साथै मालिकार्जुन गाउँपालिकासम्म समेत नुन खपत हुने गरेको छ । यस्तै गोकुलेश्वर डिपोमा समेत नुनको बिक्रिदर बढ्दै गएको छ । गोकुलेश्वरबाट शैल्यशिखर नगरपालिकाका साथै लेकम, मार्मा, नौगाड, मालिकार्जुन गाउँपालिकासम्म नुन विक्री हुँदै आएको छ ।

अपिहिमालको डिपोबाट समेत ग्रामिणस्तरमा ओयोडिन नुनको बिक्रिवितरण भइरहेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.