दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला दार्चुलामा विभिन्न पदमा नेताहरुले उम्मेद्धारी घोषण गरिहेका छन ।
आगामी १४ औ महाधिवेशनमा शैल्यशिखर नगरपालिकाको कांग्रेस नगर सचिवको लागी युवा नेता सुरेश विष्टले पनि आफ्नो उम्मेद्धारी रहने घोषणा गर्नुभएको छ। शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नकतड घर भएका विष्ट २०६६ साल देखि नेपाली कांग्रेसको राजनितीमा सक्रिय हुनुहुन्छ ।
विष्ट यस अघि नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको शैल्यशिखर नगर सभापति भइसक्नु भएको छ । लामो राजनैतीक बृतान्त सहित नेपाली कांग्रेसका हरेक आन्दोलनमा अग्रसर भएर काम गर्दा जिल्ला प्रशासन कार्यालय सम्म मुद्दा खेपेको विष्टले बताउनुभयो ।
नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढाउन र संगठन विस्तारका लागि आफूले नगर सचिवमा उम्मेद्वारी घोषणा गरेको बताउनुभयो । पार्टी संगठनलाई बलियो, असल र नेपाली कांग्रेसको विचारलाई समाजको अभिन्न अंगको रुपमा अघि बढाउन नगर सचिव पदमा आफूलाई अघि सारेको विष्टले बताउनुभयो ।
‘नेपाली कांग्रेसमा युवाहरुलाई स्थापित गराउन र भरोसायोग्य संगठन निर्माणका लागि मैले उम्मेद्वारी घोषणा गरेको हुँ’उहाँले भन्नुभयो ।
निरन्तर रुपमा कांग्रेसमा क्रियाशील भएर समाजिक सेवा गर्दै आएका विष्टले आफुलाई सबैको सहयोग रहने दाबी गर्नुभएको छ ।