नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

दार्चुला । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी हिजो आइतवार काठमाण्डौको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । प्रहरीले आज सोमवार अनुसन्धानका लागि म्याद थप गर्न रायमाझीलाई सरकारी वकिलको कार्यालय लगेको हो ।

यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ । प्रहरीले यसअघि पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.