कञ्चनपुर ।
लैङ्गिक हिन्सा बिरुद्धको १६ दिने अभियानको उद्घाटनकै दिन कञ्चनपुरमा एक किशोरी छात्रा वेपत्ता भएकी छिन । सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायमा अध्ययनरत छात्रा वेपत्ता भएकी हुन ।
बैतडी पाटन ठेगाना भएकी बिबिएस तेस्रो बर्षमा अध्ययनरत कमला पाण्डेय महाकाली चारलेन पुल क्षेत्रबाट वेपत्ता भएकी छिन ।
चारलेन पुलमै पाण्डेयको झोला, पर्स किताब, परिचयपत्र, चप्पल भेटिएपछि उनी वेपत्ता भएको पुष्टी भएको जनाएको छ ।
चप्पल सहित पुलमै भेटिएपछि कतै महाकाली नदीमा हाम फालेको आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले किशोरी छात्राको सरसमान भेटिएपछि खोजि कार्य भईरहेको बताए । प्रवक्ता रावतले अहिले नै नदीमा हाफ फालेको वा सर समान छाडेर कतै गएको बारे एकिन गर्न नसकिने भएकाले पत्ता लगाउन टोली परिचालन गरिएको बताए ।
कञ्चनपुरका युवा समाजिक अभियन्ता अमिर तिरुवाले उच्च शिक्षा तहमा अध्ययनरत विद्यार्थी यसरी वेपत्ता हुने कार्य दुखत भएको बताए । छोरी एकातिर वेपत्ता भएपछि घर परिवारदेखि साथीभाई चिन्तित भएका छन ।